६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस प्यूठानमा पनि मनाइयो

Posted on: 18 Feb, 2017


एलिसा बस्नेत/फागुन ७, प्यूठान । देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा आज प्युठान सहित देशभरी विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । 

एक सय चार वर्षीय राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई देशमा प्रजातन्त्र बहाली भएको सम्झनामा फागुन ७ गते प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिन्छ । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा शासक र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

राष्ट्रिय प्रताजन्त्र दिबस मुल समारोह समिति प्युठानको  आयोजनामा भएको कार्यक्रममा  सहायक प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकाय, सरकारी कर्मचारी, राजनितिक दल, उद्योगी व्यवसायी पत्रकारहरु लगायतको सहभागिता रहेको थियो । 

दिवस समारोह का अध्यक्ष एवंम स्थानिय बिकास अधिकारी इन्द्र प्रसाद वस्याल, सहायक प्रमुख जिल्ला अधिकारी भुप बहादुर पुनको प्रमुख आतिथ्यतामा प्रजातन्त्र दिवस मनाईएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सुशासन, शान्ति र सहमतिलाई आत्मसाथ गरी अगाडि बढ्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई मजबूत बनाउनु नै अहिलेको आबस्यकता भएको उनिहरुको भनाई छ । 

जिल्ला बिकास समिति प्युठानका सामाजिक बिकास अधिकृत चन्द्र जिसिको संचालनमा सुरुभएको कार्यक्रमको सहजिकरण मुल समारोहका अध्यक्ष तथा स्थानिय बिकास अधिकारी इन्द्र प्रसाद वस्यालले गर्नूभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!