जुफाल बिमानस्थलमा तारा एयरले ५ दिन उडान नभर्ने, यात्रु मर्कामा

Posted on: 31 Mar, 2017


टेक शाही/चैत १८, डोल्पा । डोल्पाको जुफाल बिमानस्थलामा तारा एयरलाइन्सले ५ दिन उडान नभर्ने भएको छ । 

दैनिक १ देखि ३ वटा उडान भर्ने गरेको ताराले ५ दिन उडान नभर्ने भए पछि यात्रु मर्कामा पर्ने भएका छन । तारा यएरको नियमित मर्मतको लागि काठमाण्डौ जानु पर्ने र मर्मत गर्न कम्तीमा पनि ४ दिन बराबर लाग्ने भएकोले ताराले डोल्पाको जुफाल बिमानस्थलामा उडान नभर्ने जुफाल स्टेशन इन्र्चाज लँक शाहीले बताउनु भयो । हरेक दिन ३५ देखि ५० जना सम्म यात्रुले जुफला बिमानस्थलबाट यात्रा गर्ने गरेको पनि शाहीले बताउनु भयो ।

सडकले नँछोएको जिल्ला डोल्पामा यातायातको एक मात्र भरपर्दो माध्यायम हवाइ यातायात हो । हरेक दिन शहरबाट डोल्पा र डोल्पाबाट शहर जाने यात्रुको भिडा लाग्ने जुफाल बिमानस्थलमा तारा एयरले मात्र दैनिक यात्रु ओसार्ने गर्दछ । तराले नै ५ दिन जफालमा उडान नगर्ने भए पछि डोल्पाबाट यात्रा गर्ने यात्रुहरु मर्कामा परेका छन । 

हाल नेपाल एयर लाइन्सले हप्तामा २ वटा उडान भर्ने भनेको भए पनि एक मात्र उडान डिले गरेर भए पनि उडान गर्ने गरेको छ । अन्य निजी जहाज कम्पनीका जहाज तारा र मकालु बाहेक अरु कसैले पनि डोल्पाको जुफाल बिमानस्थलामा उडान भर्दैनन र यात्रुको घुइचो हुने जुफला बिमानस्थलले जानाएको छ । 

कालो पत्र नएको कारण अन्य एयरलाइन्सका जहाजले उडान भर्दैनन । तारा एयर नै सबै भन्दा भरपर्दो जहाज भएकोले अब ५ दिन सम्म यात्रुहरुलाइ समस्या हुने र यति बेला बिरामी र स्थानिय तह निर्वाचनमा काम गर्ने कर्मचारिहरुलाइ आवत जावतमा समस्या हुने प्रमूख जिल्ला अधिकारि केशवराज आचार्यले बताउनु भयो । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!