रामेछापमा जारी राष्ट्रिय भलिबल प्रतियोगितावाट मध्यमाञ्चल र पश्चिमाञ्चल बाहिरिए

Posted on: 01 Feb, 2018

प्रज्वल पौडेल । माघ १८ गते, रामेछाप ।

रामेछाप सिभिल च्याम्पियनसिप २०७४ बाट २ टीम बाहिरिएका छन् । बिहिबार भएको खेलको लिग चरणबाट मध्यमाञ्चल विकास क्षेत्र र पश्चिमाञ्चल विकास क्षेत्र बाहिरिएका हुन् । आज भएको खेलहरुमा शान्तिदिप युवा क्लब मन्थलीले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ३–० को सोझो सेटमा हराएको थियो ।


लोकतान्त्रिक खेलकुद संघ रामेछापले पश्चिमाञ्चल विकास क्षेत्रलाई ३–२ सेटमा पराजित गरेको छ भने सुदुरपश्चिमाञ्चल विकास क्षेत्रले मध्यमाञ्चल विकास क्षेत्रलाई ३–० सोझो सेटमा हराएको थियो ।  

यता नमुनादिप युवा क्लब सैपु र हिमगंगा युवा क्लब बीच भएको खेलमा नमुनादिप युवा क्लब सैपुले ३–० सोझो सेटमा हिमगंगालाइ हराएको छ ।


पश्चिमाञ्चल विकास क्षेत्रलाई मन्थली युनाइटेड समाजले ३–० सोझो सेटमा हराएको थियो भने पुर्वाञ्चल विकास क्षेत्रलाई सुदुुरपश्चिमाञ्च विकास क्षेत्रले पनि ३–० को सोझो सेटमानै हराएको छ । 

 क्वाटर फाइनलमा प्रवेश गरेका ८ टिमले शुक्रबार क्वाटरफाइनलका खेलहरु खेल्नेछन् । बुधबारबाट  सदरमुकाम मन्थलीमा तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुने टिमले ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सानत्वना हुने टिमले ३५ हजार नगद पाउने छ । त्यस्तै  उत्कृष्ट खेलाडी , डिफेण्डर, ब्लकर, सेटर, स्पाइकर र उत्कृष्ट सर्वरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!