आजदेखि काठमाडौंका ८ अस्पतालबाट कोरोना विरुद्धको खोप लगाईदै, यी हुन् खोप केन्द्रहरु

Posted on: 07 Sep, 2021

भदौ २२, काठमाडौं । आज मंगलबारदेखि काठमाडौंमा कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप दिन सुरु गरिएको छ । स्वास्थय कार्यालय काठमाडौंका अनुसार आजदेखि काठमाडौंका ८ अस्पतालमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको हो ।  

स्वास्थ्य कार्यालयका अनुसार एस्ट्राजेनेका खोप १८ वर्षभन्दा माथिका नागरिकलाई, विदेश जानेका लागि भेरोसेल तथा जोन्सन एन्ड जोन्सन खोप लगाउन शुरु गरिएको हो । उक्त खोप प्रहरी अस्पताल, नेपाली सेनाको अस्पताल, राधा स्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती अस्पतालबाट लगाउन शुरु गरिएको हो । 

प्रहरी अस्पताल र नेपाली सेनाको अस्पतालमा पहिलो र दोस्रो डोजको खोप लगाइने छ भने समाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती अस्पतालमा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!