संघीय संसदको अधिवेशन पुस ११ बाट शुरु हुने

Posted on: 18 Dec, 2018

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन पुस ११ गतेका लागि आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा १ मा राष्ट्रपतिले सङ्घीय सदनको समय समयमा दुवै वा कुनै सदनको अविधेशन आह्वान गर्ने व्यवस्था उल्लेख छ ।

राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र मंगलबार संसद् सचिवालयमा दर्ता भएको छ। सचिवालयले संसद् बैठक तयारी सुरु गरिसकेको जानकारी दिएको छ। बैठकबारे बुधबार सूचना जारी गर्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए। 

संविधानसँग बाझिएका ३ सय ३९ कानुनमध्ये १ सय ७४ वटा संसद्ले परिमार्जन गर्न बाँकी छ। परिमार्जन गर्नुपर्ने १ सय ७४ मध्ये पनि ३६ वटा पूर्ण रुपमा नयाँ कानुन बनाउनुपर्नेछ। कानुनलगायतका  विभिन्न मन्त्रालयले ती कानुनहरूको तयारी गरिरहेका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!