अमेरिका र इरान बिचको तनावबारे बोल्यो नेपाल, यस्तो छ धारणा

Posted on: 09 Jan, 2020

पुस २४, काठमाडौं | अमेरिका र इरानबिच बढ्दै गएको द्वन्द्धबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ | परराष्ट्र मन्त्रालयले बिहिबार एक बिज्ञप्ति जारी गर्दै तनावलाई थप नबढाउन र यो क्षेत्रको शान्ति सुरक्षा र स्थायित्वलाई खतरामा नपार्न दुबै पक्षलाई नेपालले आग्रह गरेको छ |

खाडी क्षेत्रमा ठूलो संख्यामा नेपाली आप्रवासीहरु कार्यरत रहेको भन्दै उनीहरुको सुरक्षा आफ्नो प्राथमिकताको बिषय रहेको बताएको छ | दुवै देशबिचको विवादलाई शान्तिपुर्ण माध्यमबाट समाधान गर्न नेपालले आग्रह गरेको छ |

गत शुक्रबार अमेरिकाले इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन् आक्रमणमा हत्या गरेपछि दुवै देशबीच तनाब बढ्दै गएको हो | अमेरिकी विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कासिमको हत्या गरेको बताए छ | त्यसको बदलामा इरानले इराक स्थित अमेरिकाको सैन्य क्याम्पमा आक्रमण गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!