प्रदेश ३ को नाम 'बाग्मती' राजधानी 'हेटौँडा'

Posted on: 12 Jan, 2020

पुस २७, काठमाडौँ | प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र  नाम 'बाग्मती' राख्ने प्रश्ताव घोषणा भएको छ | प्रदेशसभा बैठकले मुख्यमन्त्री डोरमणि पौडेलद्वारा गरिएको प्रस्तावलाई दुई तिहाइ मतले पारित गरेको हो |

मुख्यमन्त्री पौडेलले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम बाग्मती राख्ने प्रस्ताव पेश गरेका थिए | उक्त प्रस्तावको पक्षमा १०५ मत र  प्रस्तावको विपक्षमा ३ मत मात्र खसेको थियो | प्रदेशसभाका कुल ११० सांसदमध्ये प्रस्तावमाथि मतविभाजन हुँदा बैठकमा १०८ सांसद उपस्थित थिए | संवैधानिक प्रावधान  अनुसार प्रदेशसभाको दुई तिहाई मतले प्रदेशको नाम र स्थायी राजधानी कायम गर्न सक्नेछ |

सभामुख सानुकुमार श्रेष्ठले राजधानी हेटौँडा हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा बैठकमा कायम कुल सदस्यको दुई तिहाई मत रहेकाले उक्त प्रस्ताव दुई तिहाईले पारित भएको घोषणा गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!