2026-10-28 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले रोजगारीका लागि युरोपको लिथुएनिया खुलायो, न्युनतम तलब कति ?

पुस १५, काठमाडौं । सरकारले युरोपको बिकसित देश लिथुएनियामा नेपाली कामदारका लागि संस्थागत रुपमा कामदार लैजान सिफारिस प्रतिवेदन पेश गरेको छ । अब श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि लिथुएनिया खुलाउने निर्णय मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ ।

सरकारले गठन गरेको अध्ययन समितिले लिथोएनियामा नेपाली कामदारलाई संस्थागत श्रम स्वीकृति दिन सकिने भन्दै सिफारिस गरेको हो । यो प्रस्ताव स्वीकृत भएको खण्डमा अब नेपाली कामदार यो देशमा सरकार मार्फत जान सक्छन । लिथोएनिया रोजगारीको लागि राम्रो देश मानिन्छ । पोल्याण्ड र रसिया नजिकै पर्ने लिथुएनियामा युरो चल्ने हुँदा यहाँ रोजगारी गर्ने कामदारले आकर्षक तलब पाउछन । गठन समितिले उक्त देशको स्थिति, मानव अधिकारको अवस्था, आप्रवासी कामदारलाई हुने व्यवहार, पारिश्रमिक लगायत बिभिन्न बिषयमा अध्ययन गर्दै उक्त देश नेपाली कामदारको लागि उचित हुने प्रतिवेदन निकालेको छ ।

नेपाली कामदारको लागि लिथोएनियाबाट विभिन्न उद्योग-कलकारखाना, ईंटा-भट्टामा लगायत उच्च पदहरुमा दक्ष डाक्टर, नर्स, इञ्जिनियर आदिको माग आएपछी सरकारले यो देशमा कामदार पठाउन सकिने-नसकिने अध्ययन सुरु गरेको थियो ।

न्युनतम तलब कति ? 

सरकारले प्रस्ताब स्वीकृत गरेको खण्डमा लिथुएनियाका लागि न्युनतम् पारिश्रमिक मासिक ३ सय ५० युरो तोकेको छ । म्यानपावरले युरोपियन मुलुक भएकाले पारिश्रमिक राम्रो हुने बताएका भएपनि सरकारले भने न्युनतम तलब तोकेको छ ।सरकारले तोके अनुसार यो देशको लागि नेपाली कामदारलाई मासिक नेपाली ४२ हजार भन्दा बढी तलब दिनुपर्ने हुन्छ । लिथुएनियाका लागि बिभिन्न म्यानपावरमा डिमाण्ड आएपछि म्यानपावरहरुले सरकारलाई उक्त देशमा कामदार पठाउने स्वीकृति दिन दवाब दिँदै आएका थिए । अहिलेसम्म उक्त देशबाट नेपाली कामदारका लागि आएका बिभिन्न मागपत्रहरु कुनै नीति नभएका कारण अस्वीकृत भईसकेका छन् । अब मन्त्रिपरिषदले यो देशमा कामदार पठाउने प्रस्ताव स्वीकृत गरेको खण्डमा अब आउने नयाँ डिमान्डहरुलाई स्वीकृत दिन सकिनेछ । 

कस्तो देश हो लिथुएनिया ? 

लिथुएनिया युरोपियन देशहरु मध्येको एक स्वतन्त्र देश हो | नेपाली कामदारका लागि अति आकर्षक गन्तब्य मानिने इजरायल जतिकै बिकास सम्पन्न यो देशको आर्थिक स्थिति पनि निकै राम्रो छ | यहाका नागरिकहरुको प्रतिव्यक्ति आय २९ हजार ९ सय डलर रहेको छ । २८ लाख भन्दा बढी जनशंख्या भएको यो देशको प्रतिव्यक्ति आयलाई हेर्ने हो भने यो देश विश्वकै ४१ औं धनी राष्ट्रमा गनिन्छ । आर्थिक रुपमा शक्तिशाली बन्दै गएको यो देशमा पछिल्लो समय नेपाली कामदारको लागि राम्रो मागहरु आउने गरेका छन् । 

यो देशमा लिथुनिएन भाषाको प्रयोग हुन्छ । नेपालभन्दा सानो यो देशको क्षेत्रफल ६५,३०० बर्गकिलोमिटर रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी