2026-10-27 04:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

2026-10-27

काठमाडाैँ | सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्यालाको बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्। चिकित्सा स्रोत र प्रत्यक्षदर्शीले मङ्गलबार एएफपीलाई दिएको जानकारीअनुसार अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को मुख्य आधार रहेको न्यालाको बजारलाई लक्षित गरी आक्रमण गरिएको हो। न्यालाका एक बासिन्दाका अनुसार सोमबार राति ८ बजे सहरको उत्तरी भागमा रहेको बजारमा ड्रोन प्रहार भएको थियो । अर्का स्थानीय बासिन्दाले उक्त बजारमा युवाहरू र विशेषगरी आरएसएफका लडाकूहरू आउने गरेको बताए ।

न्याला अस्पतालका एक चिकित्सकले आक्रमणमा २१ जनाको मृत्यु भएको र ४० जनाभन्दा बढी घाइते भएको पुष्टि गरेका छन् । तर, मृतक तथा घाइतेमध्ये कति जना आरएसएफका लडाकू थिए भन्ने यकिन हुन नसकेको उनले बताए। सुडानी सेनाले सन् २०२३ को अप्रिलदेखि आरएसएफसँग युद्ध लड्दै आएको छ । सेनाले न्यालामा नियमित आक्रमण गर्दै आएको छ । आरएसएफले न्यालालाई आफ्नो मुख्य आधार बनाउँदै खार्तुमस्थित अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको विकल्पमा छुट्टै सरकार घोषणा गरेको छ। सुडानमा जारी युद्धमा पछिल्लो समय ड्रोनको प्रयोग व्यापक बनेको छ । दुवै पक्षले देशका विभिन्न क्षेत्रमा ड्रोनमार्फत आक्रमण गर्दा एकैपटक दर्जनौँ सर्वसाधारणको ज्यान जाने गरेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार अक्टोबरका पहिलो तीन सातामै ड्रोन हमलामा ३०० भन्दा बढी मानिस मारिएका छन् भने सयौँ घाइते भएका छन्।

सन् २०२३ मा युद्ध सुरु भएयता दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको सहायता क्षेत्रमा कार्यरत व्यक्तिहरूको अनुमान छ। युद्धले सुडानमा विश्वकै सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कटसमेत निम्त्याएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला