काठमाडौँ | सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.२९ अंकले बढेर २६६४.०६ बिन्दुमा कायम भएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से ०.९४ अंकले बढेको थियो भने सोमबार ४.३४ अंकले घटेको थियो । आज नेप्सेमा कुल ७ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल ५ अर्ब ७५ करोड रुपैयाँ बढीको सेयर खरिदबिक्री भएको थियो ।
आज कारोबारमा आएकामध्ये २४१ कम्पनीको सेयर मूल्य बढ्दा ३५ कम्पनीको घटेको छ । यस्तै, ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।