2026-10-27 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ

2026-10-27

काठमाडाैँ | सोमबार पोखरा विमानस्थल ओर्लिँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई स्वागत गर्न नेता–कार्यकर्ताको भीड थियो । हात–हातमा खादा, माला र फूलका गुच्छा बोकेका कार्यकर्ताको ताँती र दुई दर्जनभन्दा बढी गाडीको लस्करसहित उनलाई पोखरामा भव्य स्वागत गरियो । उनी त्यहाँबाट स्याङ्जा लागे । विमानस्थलमा त्यस्तो तामझामसहित इन्ट्री गरेका थापाले मंगलबार पोखराकै एक कार्यक्रमबाट आफ्नै स्वागतमा देखिएको भीआईपी संस्कृति अन्त्य गर्न आग्रह गरे । उनी सोमबार स्याङ्जाका विभिन्न कार्यक्रम सकेर मंगलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आयोजित सम्मान कार्यक्रममा सहभागी भए । त्यही कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरूको तडकभडकपूर्ण शैलीले जनतामा वितृष्णा जगाएको बताए । ‘एयरपोर्टमा नेता आउँदै गर्दाखेरि लाइन लागेर जाने, खादा लाएर जाने, माला लिएर जाने, हिजो कार्यक्रममा जाँदै गर्दा मान्छेलाई हेर्दा पनि दिक्क लाग्छ होला नि,’ उनले भने, ‘एकजनाले बाटोमा बसेर गन्दै हुनुहुन्थ्यो, २१, २२, २३… भनेर । गनेको के भन्दा गाडी ! साथीभाइ आउनुभएको छ, सबैजना गएका छन्, तर त्यो देख्दै गर्दाखेरि मान्छेलाई दिक्क लाग्छ ।’

यसलाई बदल्नुपर्ने उनले सुनाए । नेताहरू सर्वसाधारणभन्दा फरक देखिन खोज्ने परिपाटीको आलोचना गर्दै थापाले थपे, ‘हामी त सर्वसाधारण मानिस हौँ, हामी को हौँ र ? हामीलाई त बाटोघाटोमै जनताले भेट्न पाउनुपर्‍यो, हेर्न, छुन र आफ्ना कुरा सुनाउन पाउनुपर्‍यो । नेतालाई अलग्गै राख्ने, साथीभाइ भेट्न आउँदा धकेल्ने यो भीआईपी संस्कृति अब बदल्नैपर्छ ।’ नेताहरूले काठमाडौं र विमानस्थलमा शक्ति प्रदर्शन गर्नुभन्दा गाउँगाउँमा खटिनुपर्नेमा सभापति थापाले जोड दिए । केन्द्रीय समितिका कुनै पनि सदस्यलाई अब काठमाडौंमा मात्रै सीमित हुन नदिने उनको प्रतिबद्धता छ ।

स्थानीय तहको उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप अन्त्य गर्ने उनले दाबी गरे । ‘यो पटक स्थानीय निर्वाचनको उम्मेदवार माथिबाट छानिँदैन, विधानमै त्यो व्यवस्था गरेका छौँ,’ उनले भने, ‘पोखरा महानगरपालिकाको उम्मेदवार को हुने भन्ने कुरा पोखराकै पार्टी सदस्यहरूले छान्नुहुन्छ । काठमाडौंबाट लादिँदैन । स्याङ्जा र तनहुँको उम्मेदवार त्यहीँका साथीहरूले छान्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला