2026-11-28 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन

2026-10-28

काठमाडौँ | स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बन्न आग्रह गरिएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गरी प्रतिकार्यका काममा प्रभावकारी बन्न आग्रह गरेको हो । यहि कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेपछि स्वास्थ्य क्षेत्रको तयारीलाई सुदृढ बनाउन निर्देशन दिइएको हो ।

जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले हुनसक्ने सम्भावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुने बाढीपहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गरी सतर्क रहन आग्रह गरेको छ । एकाइका प्रमुख डा.हेमन्तचन्द्र ओझाद्वारा जारी परिपत्रमा चौबीसै घण्टा सम्पर्कमा रहन एक जना आपत्कालीन सम्पर्क व्यक्ति (इमर्जेन्सी फोकल पर्सन) तोक्ने, निजको सम्पर्क विवरण एकाइमा उपलब्ध गराउन तथा सार्वजनिक गर्न भनेको छ ।

त्यसैगरी, सम्बन्धित हब तथा स्याटेलाइट अस्पताल सञ्जालनसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (इएमटी) सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको छ । स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्न पनि भनिएको छ । विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशमा रहेका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गरी एम्बुलेन्स सेवाको सहज, शीघ्र र प्रभावकारी परिचालन सुनिश्चित गर्नुपर्ने पत्रमा उल्लेख छ । एकाइले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ मार्फत अनिवार्य रूपमा पठाउन पनि सबै प्रदेशका केन्द्रलाई आग्रह गरेको छ ।

सम्भावित विपद्का बेला स्वास्थ्य सेवामा अवरोध हुन नदिन, आवश्यक जनशक्ति तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न र प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्य परिचालन गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई खाना बन्द भएपछि बोडेका सुकुमबासी रित्तो थाल बजाउँदै सडकमा, सरकारविरुद्ध प्रदर्शन राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच शीतल निवासमा भेटवार्ता इरानलाई रुस–चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘उनीहरू कम संलग्न छन्’ भूमिहीन सुकुमबासीलाई पहिले जग्गा सुनिश्चित गर्न आङ्देम्बेको माग बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ