2026-10-23 10:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी

कात्तिक ६, काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएको विरोधमा स्थानीय संघसंस्थाले आन्दोलन जारी राखेका छन् । लुम्बिनी बचाउ महाअभियानले नियुक्ति बदर गर्न माग गर्दै कात्तिक ६ गते दिउँसो १ बजे लुम्बिनीको पर्साचोकमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।

लुम्बिनी बचाउ महा अभियानका संयोजक अक्रम खानले नियुक्ति खारेज नभएसम्म चरणबद्ध आन्दोलन जारी रहने बताएका छन् । कपिलवस्तु–तिलौराकोट संघर्ष समितिले पनि नियुक्तिप्रति आपत्ति जनाउँदै सरकारलाई निर्णय सच्याउन आग्रह गरेको छ । समितिका राजकुमार यादवले उक्त नियुक्ति बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दाको भावना, चाहना र स्वाभिमानमाथिको आघात भएको बताएका छन्। आवेदन नै नदिएकी विवादित व्यक्तिलाई संवेदनशील संस्थाको नेतृत्वमा नियुक्त गर्नु पारदर्शिता र सुशासनविपरीत भएको समितिको आरोप छ।

संघर्ष समितिले डोल्माको नागरिकता र सम्पत्तिको स्रोतबारे गम्भीर प्रश्न उठाएको छ। समितिका अनुसार सन् २०१९ मा हङकङबाट स्रोत नखुलेको १६ लाख ४९ हजार ९४० अमेरिकी डलर उनको खातामा आएको विषयमा छानबिन सुरु भए पनि राजनीतिक दबाबका कारण अनुसन्धान प्रभावित भएको आरोप छ। साथै, उनका अभिभावक तिब्बती शरणार्थी भएको उल्लेख गर्दै वंशजको नागरिकता प्राप्तिको वैधतामाथि समेत समितिले प्रश्न उठाएको छ। यद्यपि यी आरोपहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

लुम्बिनीका स्थानीय बासिन्दा तथा पूर्वमन्त्री चन्द्रकेश गुप्ताले विवादित व्यक्तिको नियुक्ति स्वीकार्य नहुने भन्दै निर्णय बदर नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि नागरिकतासम्बन्धी प्रश्नको कानुनी निरूपण नगरी डोल्मालाई नियुक्त गर्नु सुशासन, सार्वजनिक नैतिकता र कानुनी दृष्टिले अनुचित भएको बताएका छन्। आन्दोलनरत पक्षले नियुक्ति तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने