2026-10-28 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ

2026-10-28

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जटिल विपद्हरू न्यूनीकरण गर्न अन्तरिक्ष प्रविधिको प्रयोग र क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताएका छन् । थाइल्यान्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

मन्त्री श्रेष्ठले उच्च हिमाली भेगका विपद्ले तल्लो तटीय क्षेत्रसम्म पुर्‍याउने शृङ्खलाबद्ध असरबारे विश्व समुदायको ध्यानाकर्षण गराए । हालै लामटाङ लिरुङमा आएको हिमपहिरो र बुढीगण्डकी क्षेत्रको पहिरोले भोटेकोशी र त्रिशूलीलगायतका नदी बेसिनमा गरेको ठुलो जनधनको क्षति र निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा पुगेको गम्भीर असरबारे उनले जानकारी गराए ।‘यस्ता विपद्हरूबाट करिब २.७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ भने पुनःनिर्माणका लागि ४.८ अर्ब डलर आवश्यक पर्ने आकलन छ,‘ मन्त्री श्रेष्ठले भने, ‘ उच्च हिमालयमा उत्पन्न विपद् केही घण्टामै सयौँ किलोमिटर टाढासम्म पुग्ने नयाँ यथार्थसँग जुध्न केवल वर्षाको पूर्वानुमान मात्र पर्याप्त छैन। यसका लागि उपग्रह अनुगमन र पूर्वतयारी आवश्यक छ ।’

जटिल चुनौतीको सामना गर्न उनले स्याटेलाइट प्रविधि, तथ्याङ्क आदानप्रदान र दुर्गम क्षेत्रमा ‘सबैका लागि पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले सन् २०२६ देखि २०३० सम्मको कार्ययोजना समेटिएको भन्दै उनले क्षेत्रीय सहकार्य र प्राविधिक सहायतामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा मात्र ०.०१ प्रतिशत रहे तापनि जलवायु परिवर्तनको सबैभन्दा ठुलो मार नेपालले खेपिरहेको मन्त्री श्रेष्ठले स्मरण गराए । यद्यपि, सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने र स्वच्छ ऊर्जा प्रणालीको रक्षा गर्ने नेपालको अटल प्रतिबद्धता उनले दोहोर्‍याए । नेपाललाई बहु–जोखिम अनुसन्धान र सिकाइको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सकिने प्रस्ताव समेत उनले अघि सारे। मन्त्री श्रेष्ठले यस कार्यक्रमले हिमालदेखि समुद्रसम्मका जोखिमहरूलाई उपग्रह अवलोकन, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तनका माध्यमबाट कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने दिशामा महत्त्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य