श्रीमान वैदेशिक रोजगारीमा: विवाहेत्तर सम्बन्धका कारण आमाछोरीको हत्या

Posted on: 17 Oct, 2019

असोज ३०, उदयपुर | विवाहेत्तर सम्बन्धमा रहेका कारण उदयपुरमा आमाछोरीको हत्या भएको खुलेको छ । 

असोज २४ गते हत्या गरिएकी त्रियुगा नगरपालिका ९ चौकीबारीकी ३० वर्षकी शारदाकुमारी चौधरी र उनकी ९ वर्षकी छोरी रचनाको हत्या आरोपमा लाहान नगरपालिका ८ का ४० वर्षका रामहरि साह पक्राउ परेका छन् । मृतक शारदाका श्रीमान वैदेशिक रोजगारीमा छन् । 


शारदा र रामहरिबीच प्रेम सम्बन्ध थियो । पछिल्लो समय शारदाले फोन नउठाउने, झर्केर बोल्ने र आफूलाई बेवास्ता गरेकाले हत्या गरेको रामहरिले बयान दिएका छन् । 'विवाहेत्तर सम्बन्धका कारण घटना भएको देखिन्छ, प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले भने ।'

मृतकको दुई छोरीमध्ये ठूलीलाई भने घटनाको अघिल्लो दिन शारदाकी बहिनीले आफ्नो घरमा लगेकी थिइन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!