रोजगारदाताले टिकट खर्च नदिएको भन्दै म्यानपावरले रोक्यो 'श्रमिकको डकुमेन्ट'

Posted on: 29 Jan, 2020

माघ १५, काठमाडौं | वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएर साउदी जान लागेका एक युवालाई म्यानपावर कम्पनीले विदेश पठाउन नसक्ने जवाफ दिएको छ | गोरखा ह्युमन रिसोर्स सोलुसनका संचालक मेघ बहादुर मगरले तनहुँका माधव बानियाँलाई साउदी पठाउन नसक्ने जवाफ दिएका हुन्  |

म्यानपावर कम्पनीले साउदीको लागि लागत ८० हजार मागेको थियो तर मागेजति रकम नभएको कारण दिन सकिन बानियाँले साझा सबालसंग भने 'मलाई शुक्रवारको टिकट छ, भनेर बोलाइको हो त्यसपछि म म्यानपावरमा गएर मेरो डकुमेन्ट सहित टिकट मागेको हुँ, तर म्यानपावरले दिएन | म्यानपावरले पैसा नतिरेसम्म डकुमेन्ट नदिने भन्दै फर्काएपछि उनी बुधबार नै वैदेशिक रोजगार विभाग बुद्धनगरमा पुगेका थिए | 

विभागमा महानिर्देशक डा. भीष्म कुमार भुसाल, निर्देशकहरु हरि ज्ञवाली र भोला गुरागाईंलाई भेट्न नपाएको भन्दै उनले साझा सबालमा कल गरि गुनासो गरेका थिए  | सो पश्च्यात उनले विभागकै एक अधिकृत कर्मचारीलाई आफ्नो समस्या बारे गुनासो राखेका थिए | उनको गुनासो सुनेपछि विभागले म्यानपावर संचालकलाई विहिबार विभाग कार्यालय हाजिर हुन निर्देशन दिएको छ | बानियाँ र म्यानपावर संचालकलाई राखेर थप विवरण लिने र म्यानपावरलाई कारवाही प्रक्रिया अगाडी बढाउने विभाग श्रोतले जानकारी दिएको छ | 

 बानियाँको समस्याबारे म्यानपावरले भने गैर जिम्मेवार जवाफ दिएको छ | बानियाँलाई किन डकुमेन्ट नदिएको हो ? भन्ने साझासबलाको प्रश्नमा म्यानपावर संचालक मेघ बहादुर मगरले भने 'शुरुमा रोजगारदाताले टिकट दिने कुरा गरेको थियो तर अहिले सेवा शुल्क सहित टिकट दिन नसक्ने जवाफ दियो त्यसैले हामीले उनलाई शुल्क नलिई साउदी पठाउन सक्ने अवस्था छैन |'' रोजगारदाताले म्यानपावरलाई सेवा शुल्क नदिएको अवस्थामा सरकारले साउदी जानको लागि म्यानपावरले लिन पाउने सेवा शुल्क १० हजार तोकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!