मलेसियमा अबैधानिक बसेका नेपाली सहित २ सय भन्दा बढी पक्राउ

Posted on: 07 Mar, 2021

फागुन २३, काठमाडौँ । मलेसियामा अबैधानिक रुपमा बसेका नेपाली सहित २ सय भन्दा बढी विदेशी नागरिकहरु पक्राउ गरेका छन् । मलेसियन सरकारले अवैधानिक बस्दै आएका विदेशी श्रमिक पक्राउ गर्ने अभियानलाई तिब्रता दिएसंगै पक्राउ पर्न थालेका हुन् ।

शुक्रबार प्रहरीले केहि नेपाली सहित २ सय ५ जना अवैधानिक रुपमा बस्दै आएका विदेशी नागरिकलाई पक्राउ गरेको छ । त्यँहाको अध्यागमन विभागले क्वालालम्पुरमा चेकजाँच गरिएका ४ सय २५ जना मध्ये २ सय ५ जनासँग वैधानिक कागजात नरहेको र उनीहरुलाई हिरासतमा लिइएको जनाएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हिरासतमा लिइएकाहरु नेपाली, ईण्डोनेशिन तथा बंगलादेशीहरु रहेको प्रहरीले जनाएको छ । स्थानीय व्यक्तिहरुले अपार्टमेण्टमा धेरै विदेशीहरु रहेको भन्दै उनीहरुका बारेमा रिपोर्ट गरेपछि अध्यागमन कार्यालयले प्रहरीको सहयोगमा आकस्मिक जाँच गरेको थियो । 

सोहि क्रममा उनीहरुलाई फेला परेको हो । उनीहरु मध्ये अधिकांश भिसाको म्याद सकिएर पनि मलेसियामा बस्दै आएकाहरु रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!