भिजिट भिसा र व्यक्तिगत श्रम-स्वीकृतिमा विदेश पठाइदिन्छु भन्दै ठग्ने पक्राउ

Posted on: 21 Apr, 2021

वैशाख ८, काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा पारी युवाहरुलाई ठगि गर्ने व्यक्ति पक्राउ परेका छन् । युरोप पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले ग्रान्डे ग्लोब होलिडेज प्रालि संचालकलाई महानगरीय प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

प्रहरीले उक्त प्रालीका संचालक ३६ वर्षीय भरत प्रसाद राईलाई बुधवार पक्राउ गरेको जनाएको छ । उनलाई युरोप पठाउने बहनामा १९ लाख ठगी गरेको आरोप लागेको छ । 

चितवनको राप्ती नगरपालीका वार्ड–३ स्थायी घर भएका राई काठमाडौँको नयाँ बजार बस्दै आएका राईले रोजगारीको लागि भिजिट भिषामा युरोपका पोर्चुगल, लाटभिया, युक्रेन लगायतका देशमा पठाइदिने भनेर ठगी गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार राईले तेह्रथुमका सागर लिम्बुसहित ६ जनाबाट १९ लाख ४७ हजार रुपैयाँ ठगी गरेका छन् । उनले भिजिट भिसामा जान प्रतिव्यक्ती १० लाख लाग्ने भनेर ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!