वैदेशिक रोजगारमा जानेहरुलाई खोप लगाएपछि पनि प्रमाण लिन समस्या, यसरी लिनुपर्छ प्रमाण (भिडियो सहित)

Posted on: 21 Jul, 2021

साउन ६, काठमाडौँ | वैदेशिक रोजगारमा जान चाहने नेपालीहरुले सोमबारदेखि जोनसन एण्ड जोनसनको खोप लगाउन पाईरहेका छन् । काठमाडौँका २८ स्थान र बाँकी सबै जिल्लामा खोप लगाउन पाइने अवस्था छ ।  

नेपाली युवाहरु यतिखेर पासपोर्ट र भिसाको पेपर बोकेर कोभिड खोप लगाउन लाइनमा देखिन्छन् । सोमबार खोप लगाउन केहि समस्या र अन्यौलता भएपनि मंगलबारदेखि भने युवाहरुले सहजै खोप लगाउन पाएका छन् ।  

खोप केन्द्रहरुमा बैदेशिक रोजगारमा जाने युवाहरुको बाक्लो उपस्थिति देखिन्छ । 


तर खोप लगाएकाहरुलाई खोप लगाईसके पछि पनि अर्को तनाब भने बाँकी नै छ, सुदुरपश्चिममै खोप लगाए पनि उक्त खोप बिदेशमा गएपछि खोप लगाएको भन्ने प्रमाणित गर्नुपर्ने हुन्छ । जसको लागि काठमाडौँको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउनुपर्ने र घन्टौं लाइन लाग्नुपर्ने बाध्यता छ । 

जहाँ खोप लगाएको भएपनि पाएको कार्ड बोकेर काठमाडौँमै आएर रु ६०० दस्तुर तिरेर मात्र पत्र बनाउन पाइन्छ । 

यस सम्बन्धित स्थलगत रिपोर्ट भिडियो हेर्नुहोस् 



यस बिषयमा तपाइको प्रतिक्रिया...!