पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कहाँ-कहाँका ?

Posted on: 01 Jun, 2020

जेठ १९, काठमाडौँ | पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख १३ हजार ७५७ जना रहेका छन् । त्यस्तै सोमबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् । 

नयाँ संक्रमित कहाँ-कहाँका ? 

झापा (बार्हदशी) - २ जना 

नवलपरासी (पुर्व), कावासोती, बिनात्रिवेणी - ३ जना 

दैलेख (नारायण, सिमडा, देवकाडा, सोत, सादु, जुकेपानी, दुल्लु, महबु)- ४१ जना 

जुम्ला (हिमा, सिंजा, प्रहरी कर्मचारी) - १९ जना

सल्यान (बनगाड, कुपिन्डे) - १० जना

सुर्खेत (बाराहाताल) - ५ जना 

कपिलवस्तु (वाणगङ्गा, शिवराज, हरिहरपुर, महाराजगंज, रंगिलाल मावि क्वारेन्टाइन, चन्द्रौटा राष्ट्रिय बिद्यालय क्वारेन्टाइन, रघु सामुदायिक बिद्यालय क्वारेन्टाइन) - ४० जना

रौतहट (परौहा) - १४ जना

सर्लाही (सर्लाही जनता मावि क्वारेन्टाइन) - ३८ जना

कैलाली - १४ जना

दाङका (तुलसीपुर, गढवा, लमही, राप्ति) - ९ जना

बाँके (डुलुवा) - ७ जना

धनुषा  (धनौजी, हंशपुर, जनकपुर) - ७ जना

सिरहा (सुर्यनारायण क्वारेन्टाइन) - ५

झापा - २ जना

महोत्तरी  (लाहोरपट्टि) - २ जना

मकवानपुर - १ जना

उदयपुर - १ जना

अछाम - १ जना

बैतडी - १ जना

डोटी - १ जना

कञ्चनपुर - १ जना

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ । 

पछिल्लो समय भारतबाट ठूलो संख्यामा नेपाली भित्रिएसँगै कोरोनाभाइरसका संक्रमित पनि बढेका हुन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!