मनसुन सक्रिय हुँदा देशभर वर्षा

Posted on: 22 Jun, 2020

असार ८, काठमाडौँ । मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आगामी तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको,  वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सतर्कता  र  पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध  समेत गरेको छ । 

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक –दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।  । देशको धेरै जसो स्थानहरुमा गएरातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ४० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६.५, धनगढीका १.२, नेपालगञ्जमा ३३.०, जुम्लामा ३.८ र धनकुटामा ५.६ मिलिमिटर वर्षा भएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!