नेपाल प्रहरीका दुई जना एसपी निलम्बित,थालियो छानविन

Posted on: 02 Dec, 2020

मंसिर १७, काठमाडौं | नेपाल प्रहरीका एसपीद्वयरामेश्वर यादव र विमल बस्नेतलाई निलम्बित गरिएको छ | अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक एसपीलाई निलम्बन गरेको हो |

बुधबार एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई निलम्बन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए | प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको भन्दै उजुरी परेपछि निलम्बन गरेर छानबिन थालिएको उनले बताए | 

दुवै जना एसपीमाथि छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति गठन गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!