पेरुका पूर्वराष्ट्रपति पक्राउ परेपछि आत्महत्या

Posted on: 17 Apr, 2019

वैशाख ४, लिमा (रासस/एएफपी) | पेरुका पूर्वराष्ट्रपति अलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गर्नुभएको छ । 

आफ्नै घरमा उहाँले बुधबार आफ्नै टाउकामा आफैले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा उहाँले आत्महत्या गरेको उहाँका वकिल र अस्पतालका अधिकारीहरुले जनाएका छन् ।


घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो । पोष्टमार्टम गर्दा उहाँको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकहरुले जानकारी दिएका छन् । 

गार्सियाका वकिल इरास्मो रेयनाले अस्पताल परिसरमा पत्रकारहरुसँग भन्नुभयो, “यो बिहान एउटा नराम्रो घटना भयो, राष्ट्रपतिले आफैले आफैलाई गोली प्रहार गर्ने अनौठो र अति अप्रिय निर्णय लिनुभयो ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!