इराकस्थित अमेरिकी दुतावास नजिकै फेरि मिसाइल प्रहार

Posted on: 27 Jan, 2020

माघ १३, एजेन्सी | फेरी इराकको राजधानी बग्दाद स्थितअमेरिकी राजदुतावास नजिकै मिसाइल आक्रमण भएको छ | मध्यपूर्वमा तनाब उत्पन्न भएकाबेला अमेरिकाको दुतावास नजिकै आक्रमण भएको हो | अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार आइतबार  दूतावास नजिकै थुप्रै मिसाइल हमला भएको छ |

हाल सम्म उक्त आक्रमणको कसैले जिम्मा लिएको छैन | धेरै देशका दुतावास रहेको स्थान टाइग्रिस नदीको पश्चिमी किनारमा विस्फोटका आवाजहरु सुनिएको अधिकारीहरुले बताएका छन् | उच्च सुरक्षा जोनमा शक्तिशाली तिनओटा मिसाइल र अन्य स्थानमा पाच  वटा मिसाइल खसेको संचारमाध्यमहरुले जनाएका छन् | हरित क्षेत्र मध्य बगदादमा  रहेका छन् भने जहाँ सरकारी भवनहरू र कूटनीतिक भवनहरु अवस्थित छन् | विगत धेरै समय देखि अमेरिकी दुतावास निसानामा परेको छ | उक्त आक्रमणलाई अमेरिकाले इरान समर्थित अर्धसैनिक समूहलाई आरोप लगाउंदै आएको छ |

जनवरी ६ मा अमेरिकाले इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन आक्रमणमा हत्या गरेपछि दुवै देशबीच तनाब चुलिदै आएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!