बिल गेट्सलाई एक स्थान पछि पार्दै एलन मस्क बने संसारकै दोश्रो धनी

Posted on: 25 Nov, 2020

मंसिर १०, काठमाडौँ | विश्वकै दोश्रो धनी व्यक्ति बिल गेट्सलाई पछिपार्दै एलन मस्क दोश्रो धनाढ्य बनेका छन् | मंगलबार मस्कको कम्पनी टेस्लाको सेयर भाउ बढेसंगै धनाढ्य व्यक्तिको सूचिमा दोश्रो स्थानमा आफ्नो नाम राख्न सफल भएका हुन् |

उनले  बिल गेट्सलाई एक स्थान पछि पार्दै उक्त स्थान ओगटेको 'द गार्डियन'ले जनाएको छ | उनले अघिल्लो हप्ता फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई पनि पछि पारेका थिए | गत जनवरीमा धनाढ्य सूचीको ३५ औं स्थानमा रहेका उनी अहिले दोश्रो स्थानमा उक्लिएका छन |

अहिले जुकरवर्ग पाचौं स्थानमा पुगेका छन् | चौथो स्थानमा फ्रान्सेली धनाढ्य बर्नाड अर्नल्ट परेका छन् | टेस्लाको सेयरमूल्य केहि हप्ता देखि निरन्तर उकालो लागेको थियो | ब्लुमबर्ग खर्बपति सूचांकअनुसार अहिले उनको सम्पत्ति १२८ अर्ब डलर बराबर रहेको छ |

संसारकै धनी जेफ बेजोफभन्दा उनी एक स्थान पछाडी छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!