गीत- किन दुख्छ छाती

Posted on: 24 Sep, 2016

हिजो आज त्यसै त्यसै किन दुख्छ छाती ।

संसारका दुख पीड़ा झरेछन मैं माथी ।।


न ब्यूझिन सकेको छु न सक्छु निदाउन ।
आफ्नो मन आफैलाई थाल्यो बिझाउन ।।
तारा टिपी ल्याइ दिने भेटिन नि साथी ।
संसारका दुःख पीडा झरेछन मै माथी ।।


रुन खोज्छु आँखाबाट आउंदैन नि आँशु ।
छिया छिया मुटु बोकी कसरी म हाँसु ।।
आफन्तले त्यसै माथी भन्छन् नानाभाँती ।
संसारका दुखपीडा झरेछन मै माथी ।।

झ्याल खोली हेरी बस्थे निलो निलो जून।
आज त्यहि जून पनि लाग्यो टाढा हुन ।।
ब्यथा हरु फुकाइ दिने भेटिन नि साथी ।
संसारका दुःख पीड़ा झरेछन मैं माथी ।।

यस बिषयमा तपाइको प्रतिक्रिया...!