२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

लक्ष्मी जयन्तीसँगै अन्जानको मौसम लोकार्पण

२०७९, ८ कार्तिक मंगलवार ०६:५२

कमल घिमिरे । कात्तिक ८ । पाँचथर, अनेसास पोर्चुगलले ११४ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसर पारेर कृति लोकार्पण कार्यक्रम सहित लक्ष्मी जन्मजयन्ती मनाएको छ । चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” को प्रवास लोकार्पण भएको हो । सभाध्यक्ष अरुन भेटवाल, प्रमुख अतिथि साहित्यकार रमेश भट्टराई तेङम, बिशिस्ट अतिथी एन आर एन पोर्चुगल कि वरिष्ठ उपाध्यक्ष तथा नेपाली नारी समाजकी अध्यक्ष सीता श्रेष्ठ शिवानी, बिशिस्ट अतिथि एन आर एन पोर्चुगल अलेन्तेजो क्षेत्रीय उपाध्यक्ष तथा हेल्प डेक्स इन पोर्चुगलका संचालक  बिक्की सुवेदी, गजलकार एन।बी अन्जान लगायतले संयुक्त रुपमा मौसम सार्वजनिक गरेका हुन् ।

नेपाली वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी प्रती श्रद्धाञ्जली अर्पण गरेर शुरु गरेको कार्यक्रममा स्व श्रष्टा सर्जक प्रती एक मिनेट मौन धारण व्यक्त गरिएको थियोे । कार्यक्रममा प्रमुख अतिथि रहेका सहित्यकार रमेश भट्टराई तेङ्गम दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए भने सत्यमोहन जोशीका बारे अनेसासका उपाध्यक्ष सागर शाहले प्रकाश परेका थिए । त्यस्तै महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्ती मनाउदै गर्दा देवकोटाको ब्याक्तित्व र कृतित्वको बारेमा अनेसास पोर्चुगलकि सचीव गोमा रेग्मीले देवकोटाका लोकप्रिय कविता सहित प्रकाश परेकी थिइन । रचना वाचन  सहित सम्पन्न भएको कार्यक्रममा स्वागत अनेसास उपाध्यक्ष उर्मिला कार्कीले गरेकी थिइन  । देउसीभैली समेत खेलेर रमाइलो गरिएको कार्यक्रमको संचालन महासचिव एन बी अन्जान र सचीव गोमा रेग्मीले सम्युक्त रुपमा गरेका थिए । 

मौसम कृतिको समिक्षा भने लेखिका मुना चौधरीले गरेकी थिइन । दर्जनौं पत्रपत्रिका र पुस्तक सम्पादन गरि सकेका अन्जानका मरुभूमि साहित्य यात्रा गजल संग्रह, आहुति गजल संग्रह, आधा इन्च हाइकु एसिया कै सानो कृति,  नेपाली भाषाको पहिलो रुबाई महाकाब्य,कोपिला जस्ता चर्चित पुस्तकहरु यस अघि आइसकेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन