कबिता "रहर"

Posted on: 25 Sep, 2016

भूमीराज शर्मा


पल्लाघरे साहुको छोरा बोर्डिंग पढ़न जान्छ ।

बोर्डिंगमा अंग्रेजी पढ़छ मीठो खाजा खान्छ ।।
म त हजुर गरीबको छोरो स्कूल सरकारी ।
एक छाक खान पाउनु छैन ढ़िडो तरकारी ।।


उस्लाई लिन बस आउछ जान्छ त्यसमा चढ़ी ।
डॉक्टर पाइलट इन्जिनियर बन्छ रे ऊ पढ़ी ।।
म त गर्छु बिहान बेलुका उकाली ओराली ।
मैले पढ़ी बन्ने होला आखिर साहुको हली ।


मेरो पनि रहर थियो डाक्टर बन्ने इच्छा ।
को संग गई पढ्ने खर्च मागुं मैले भिक्षा ।।
न त कोहि भेटिन्छ नै दिलाई दिने दीक्षा ।
किन यस्तो हुँदो रैछ फरक खालको शिक्षा ।।

पहिले नै कोरिन्छ रे उसको मार्ग चित्र ।
कम्प्यूटर चलाउंछ रे पढ्ने कक्षा भित्र ।।
यता मेरो कक्षा भित्र छैन बस्ने ठाउँ ।।
राम्रो पढ़न पाइन भनी भन्न कता जाऊं ।।

यस बिषयमा तपाइको प्रतिक्रिया...!