दामोदरको ‘कर्म’ शनिबारदेखि बजारमा आउने

Posted on: 25 Sep, 2016
असोज ९, काठमाडौं | कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेले दोस्रो कृति ल्याउने भएका छन् । बालबालिकाको विषयमा गहन खोजी गरेर तयार पारिएको उनको पुस्तक कर्म (सिकाइमा गहिरिएको खाडल) यही शनिबारदेखि बजारमा आउन लागेको प्रकाशक स्वदेश प्रकाशनले जानकारी दिएको छ । 

पुस्तकमा न्यौपानेले बालबालिकाका चौतर्फी विकासका लागि के भइरहेको छ भनेर खोजी गरेका छन् । 

खेलकुद, मनोरञ्जन जस्ता अतिरिक्ति क्रियाकलाप बालबालिकालाई उपलब्ध गराउनु पर्छ । शिक्षा बाहेक अतिरिक्त क्रियाकलापमा धनी वर्ग र कमजोर बर्गको बालबालिकाको अवस्था कस्तो छ भनेर यो पुस्तकमा देखाइएको छ । 

कोही सम्पन्न घरपरिवारका बालबालिकाको सिकाइ कस्तो छ र कमजोर आर्थिक अवस्था भएका बालबालिकाको सिकाइको अवस्था कस्तो छ भनेर पुस्तकमा मिहिन ढंगले उठाइएको प्रकाशकले जनाएका छन् । 

गाउँ र सहरका सरकारी स्कुलबीच शिक्षामा भिन्नता छ । गाउँका स्कुल गरिब पढ्ने स्कुलमा परिणत हुँदै गएको र सहरको सरकारी स्कुल श्रमिक पढ्ने स्कुलमा परिणत हुँदै गएको निष्कर्ष लेखकले निकालेका छन् । 

यो पुस्तकले बालमनोविज्ञान बुझेर व्यवहार गर्न अभिवाकललाई सहयोग गर्छ । कुन ठाउँमा के कमजोरी रहेछ भनेर पत्ता लगाएर त्यही अनुसार योजना तर्जुमा गर्न नीति निर्माण तहमा झक्झकउने प्रकाशकले दाबी गरेका छन् । 

लेखक न्यौपानेले कान्तिपुर दैनिकको साप्ताहिक बालकोसेली कोपिलाको संयोजक हुँदा बालबालिका क्षेत्रमा गरेको अध्ययनका आधारमा यो पुस्तक तयार भएको हो । 

बालबालिका बीच जाने, खोज्ने र लेख्ने प्रवृत्ति कम भएकोले बालबालिका बीचमा गएर उनीहरुको विषयमा र उनीहरुसँग कुराकानी गरेर तयार पारिएकाले नेपाली पुस्तक बजारमा यो नयाँ किसिमको पुस्तक भएको प्रकाशकले दाबी गरेका छन् । 

न्यौपानेको पहिलो कृति एम्बुसमा ६ वर्ष चर्चित छ । शसस्त्र युद्धको बेलामा माओवादी र राज्यपक्षबाट गरिएका ज्यादतीका घटनालाई यो पुस्तकमा निर्भिक ढंगले उठाइएको छ ।

युद्धको बेलामा नेपाली समाजमा परेको विविध आयामलाई यो पुस्तकले सम्वोधन गरेको छ । युद्धको बेला निर्भिक कलम चलाएका न्यौपाने अन्तराष्ट्रिय प्रेस इन्टिच्युट र फ्रिडम फोरमबाट साहसी संवाददाता सम्मान, पत्रकार महासंघबाट श्रीधर आचार्य राष्ट्रिय पत्रकारीता पुरस्कार लगायत दर्जनौं सम्मान पुरस्कार पाएका छन् । 

न्यौपाने खासरी द्धन्द्ध, सामाजिक, सांस्कृतिक, शिक्षा, बालबालिका लगायत क्षेत्रमा दख्खल राख्छन् । एम्बुसमा ६ वर्षमा पनि युद्धले बालबालिकामा कस्तो प्रभाव पर्यो भनेर मिहिन ढंगले उठाइएको छ । युद्धको बेलामा पहिलो सहिद नै बालक भएका थिए । 

गोरखाका दिलबहादुर रम्तेलाई माओवादीले उसको पार्टीको पहिलो सहिद मान्दै आएको छ । बालबालिकाको विषयमा मिहिन ढंगले लेख्दै आएका न्यौपानेको कर्मले पनि बालबालिकाको क्षेत्रमा नयाँ बहस सिर्जना गरिदिने प्रकाशकको दाबी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!