कविता -"नयाँ वर्ष

Posted on: 13 Apr, 2017

-तारा सुनुवार

स्वागत छ २०७४तिमीलाई

देशमा संघियता डाेराउने

बाटाे प्रष्ट गरि अाउ,

तह तहमा भएकाे

विवदलाई सुल्झाउने गरि अाउ ।

स्वागत छ२०७४ तिमिलाई

दृष्टि फेर्न गाराे हुनेहरूलाई

परिवर्तन काे साहास

जुटाउने अाँट लिएर अाउ ,

बाटाे बिराएकाहरूलाई

विन्दुमा पुराउने 

विचार लिएर अाउ ।

स्वागत छ २०७४ तिमिलाई

वर्षाै देखि अनिर्णयकाे 

खाममा बन्द भएकाे

स्थानिय निकायकाे 

गति लिने वातावरण लिएर अाउ ।

नेतृत्व विहिन स्थानिय निकाय

स्थानिय तह बनाएर

कुसल नेतृत्व कर्ता

चयन गराउन सफल हुने गरि अाउ ।

स्वागत छ २०७४ तिमिलाई

श्रमजिविहरूकाे लागि अवसर बनेर अाउ

पराईकाे माटाे सिंचाई गरेका

पसिनालाई अाफ्नै गरा

सिंचाई गर्ने छाँटा चलाएर अाउ ।

स्वागत छ २०७४ तिमिलाई

मन्द मन्द गतिमा चल्ने कलमहरू

सरर सर्ने मसि सहितकाे

जाेस,जाँगर लिएर अाउ,

अन्यासै पड्कने गाेली बारूदहरू

हरण गरेर अाउ,

निस्तेज गरिएका उधाेग,

कलकारखाना बिउताई

मजदुरहरूकाे अाेठमा मुस्कान लिएर अाउ ।

स्वागत छ २०७४ तिमिलाई

अात्मनिर्भर हुने

अाशा र भराेसाकाे ननिभ्ने दियाे बाली

सृजनशिल भएर अाउ,

पारिवारीक बिछाेडमा डुबेका

भारी मन लिएर

हरेक दिन खाडिकाे उन्नतिमा

हतार गरि लम्केका पाईलाहरू

राेक्ने गरि अाउ,राेक्ने गरिअाउ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!