तारा सुनुवार भमराले घरेपछि प्रेमीलाइ यसरी बोलान्

Posted on: 20 Jun, 2018

-तारादेवी सुनुवार 

गाराे भयाे जाेगाउन माया भेटन अाउनु है
लाग्ने भए बैरी अाँखाहरू छेक्न अाउनु है ।

भमराकाे धुईराे लाग्याे धपाउने सीप छैन
अाफ्नाे फुलबारीलाईअाफै घेर्न अाउनु है ।

गुलाबकाे काडाले गुलाबलाई कहाँ छेक्छ र
सुरक्षाकाे घेरा बनाई अंगालाेमा बेर्न अाउनु है ।

पालेपहराकाे केही डेग चल्ने भएन यहाँ
अाटिलाे भएर दुस्मनहरू लखेट्न अाउनु है ।

अन्यासै अाँखा जुध्ने बगैचाकाे बिचमा बसि
मन्द मन्द गतिमा पिरतीकाे धुन रेट्न अाउनु है ।

काठमाडाैं ।

प्रतिउत्तर
महेन्द्र केसी

पर्खपर्ख माया तिमीलाइ भेट्न आउने छु
सारा बैरी अब तिम्रै सामु लखेट्न आउने छु ।।

हलचल नगरीे त्यो मन स्थीर राखे प्यारी है
यो मनको तिर्सना तिमीसँगै मेट्न आउने छु ।।

अलिदिन कुरी बस जिन्दगीभरको पालेपहरे मै आफै बनौला ।।
पर्खपर्ख माया तिमीलाइ भेट्न आउने छु

पर्वत ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!