कविता

Posted on: 02 Jul, 2018

नेपाल 

नेपाली हामी नेपाल हाम्रो देश 

बिर्सनु हुन्न अङ्ग्रेजहरु को त्यो कालो भेष 

पू्र्खाले हाम्रो आर्जेको यो देश बचाउ 

नेपाली हामी मिलेर सबै नेपाल बचाउ 


पुर्खाले हाम्रो अङ्ग्रेजसग गरेर लडाइँ 

कम दु:ख गरि आर्जेको होइन, यो रास्ट्रलाई

नेपाल बचाउन शत्रुसंग  गरेर लडाइँ 

संसारमा परिचीत गराए यो नेपाल रास्ट्रलाई 


नेपाल आमा गुहार माग्छिन् मलाई बचाउ 

हे! नेपाली वीर हो आउ न  नेपाल बचाउ 

आफनो देशलाई बचाएर कमाउ ठुलो नाम

कमाएर नाम अमर  हुने लेउ वरदान 


नेपाली हामी नेपाल हाम्रो देश 

बिर्सनु हुन्न अङ्ग्रेजहरुको त्यो कालो भेष 

पू्र्खा को त्यो स्वभिमान र गौरव  बचाउ 

नेपाली हामी मिलेर सबै नेपाल बचाउ 

नेपाली हामी मिलेर सबै नयाँ नेपाल बनाउ


बिजिता गौतम



यस बिषयमा तपाइको प्रतिक्रिया...!