राप्रपा र राप्रपा नेपालको एकिकरणले राष्ट्रवादी शक्ति एक बनेको थापाको भनाई

Posted on: 01 Dec, 2016

मङ्सिर १६, हेटौडा | राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा नेपालको एकिकरणले नेपालको सम्पूर्ण राष्ट्रवादी शक्ति एक भएको बताउनु भएको छ । 

राप्रपा र राप्रपा नेपाल विच केन्द्र एकिकरण पछि पहिलो पटक  हेटौँडामा भएको कार्यकर्ता भेलामा बोल्दै थापाले राजनैतिक दल प्रति वितृष्णा जागीरहेको बेला नेपाली जनताले एक बैकल्पिक शक्ति खोजेको र जनाताले खोजे जस्तो नेपालको बैकल्पिक राष्ट्रवादी शक्ति राप्रपानै भएको दाबी गर्नु भयो  । 

त्यस्तै राष्ट्रिय प्रजातान्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपपति शम्सेर जबराले मुलुकलाई हिन्दु राष्ट्र बनाउने एकिकृत राप्रपाको प्रमुख लक्ष्य भएको बताउनु भएको छ । अध्यक्ष जवराले ९० प्रतिशत भन्दा धेरै ओमकार परिवार भएको मुलुकको लागि हिन्दु राष्ट्र अनिवार्य भएको बताउनु भयो । नेपालमा देखिदै गएको धर्म परिवर्तनको अवस्था निकै खतरनाक रहेको भन्दै जबराले नेपालको पहिचानको लागि हिन्दु राज्य अनिवार्य रहेको बताउनु भयो  । मुलुकले इमान्दार राजनीतिक दल नपाएको बताउँदै अब एकिकृत राप्रपानै त्यस्तो शक्ति रहेको पनि उहाँले बताउनु भयो । 

कार्यक्रममा बोल्दै राप्रपाका नेता डाक्टर प्रकाशचन्द्र लोहनीले सरकारले दर्ता गराएको संविधान शंसोधनको प्रस्ताव आफुहरुको पार्टीलाई मान्य नहुने बताउनु भयो । सरकारले संविधान शंसोधनको औचित्य पुष्टि नगरि पहाड र तराई टुक्राउन खोजेको भन्दै उहाँले शंसोधन प्रस्तावले मुलकलाई हित नगर्ने बताउनु भयो । कार्यक्रममा राप्रपा नेता तथा भुमिसुधार ब्यवस्था मन्त्री बिक्रम पाण्डे, नेता बुद्धिमान तामाङ लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा राप्रपाका नेताहरु दिपक सिंह, गणेश थापा, मधु अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!