४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फागुन ५ बाट हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबल हुने

१६ पुष २०७४, आईतवार ११:५९

पुस १६, हेटौँडा । स्वर्गीय पत्रकार सुमन भोम्जनको स्मृतिमा स्थापना भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गर्ने तेश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन ५ गतेबाट १२ गतेसम्म हेटौँडामा हुने भएको छ । 

राष्ट्रिय ए डिभिजनको टिम सहितको अन्य टिमहरुको सहभागिता हुने प्रतियोगिता हेटौँडाको वन विज्ञान सस्थानमा हुने आज पत्रकार सम्मेलनको आयोजना गरि प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै खड्गीलाई यो प्रतियोगिता अघिल्ला प्रतियोगिता भन्दा भब्य बनाईने बताए । पत्रकार सम्मेलनमा बोल्दै हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबलका संयोजक तथा प्रतिष्ठानका उपाध्यक्ष विशाल घोषले प्रतियोगितामा नेपाबाट ए डिभिजनमा प्रतिनिधित्व गरेका मनाङ मस्याङ्दी, थ्रि स्टार, एपिएफ सहभागि हुनेछन ।

यस्तै हेटौँडाको विजय युथ, खप्तड, झापा ११ तथा साहारा क्लबको सहभागिता रहने बताए ।प्रतियोगितामा कुल ६० लाख लागत लाग्ने अनुमान रहेको बताउँदै उनले प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई १० हजार र म्यान अफ द म्याचमा ५ हजारको पुरस्कार दिईने बताए । प्रतिष्ठानले आउँदो पुस २५ र २६ गते हेटौँडामा खेलकुद पत्रकारिता तालिम दिईने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ