नेपाल नेत्रहीन संघको दशौं केन्द्रीय महाधिवेशन आज हेटौंडामा सम्मपन्न

Posted on: 14 Oct, 2017

असोज २८, मकवानपुर | नेपाल नेत्रहीन संघको दशौं केन्द्रीय महाधिवेशन आज हेटौंडामा सम्मपन्न भएको छ । अधिबेशन हिजो र आज दुईदिन भएको हो । अधिबेशनमा ३४ जिल्लाका १ सय १८ जना प्रतिनिधिको सहभागितामा रहेको थियो ।

अधिबेशनले तीन वर्षको लागि रणनीति र कार्यनीति सहित नयाँ केन्द्रीय समिति समेत चयन गरेको छ । अधिबेशनबाट पुन रमेश पोख्रेलकै अध्यक्षतामा १७ सदस्य नया कार्यसमिती चयन गरेको छ । अध्यक्षमा पोख्रेल सहित अन्य १२ जना निर्बिरोध चयन हुनुभएको छ भने अन्य पदका लागी निर्बाचन भएको थियो । निर्बिरोध हुनु हुनेहरुमा बरिष्ट उपाध्यक्ष सुरेश चन्द्र न्यौपाने, महिला उपाध्यक्षमा दाबा शेर्पा, माहासचिबका शिशिर खनाल, कोषध्यक्षमा सुगम भट्टराई, दलित महिला सदस्यमा सिता बराईलि लगाएतका हुनुहुन्छ । त्यस्तै निर्बिरोध निर्बाचित हुनेहरुमा निर्बाचन आयोग संयोजकमा लक्ष्मण प्रसाद ज्ञवाली, महिला सदस्यमा शोभा पौडेल, र भाबुक जंग थापा, हुनु हुन्छ् । त्यसतै लेखा आयाग संयोकमा निरा अधिकारी, तथा सदसयहरुमा शकुन्तला शर्मा र बिजय प्रसाद लामिछाने चयन हुनुभएको निर्बाचन संयोजक अधिबत्ता पुष्क बाहादुर थापाले जनकारी दिनुभयो ।

संघका नबर्निाचित केन्द्रीय अध्यक्ष पोखरेलले दृष्टिबिहीनलाई रोजगारी, गुणस्तरीय शिक्षामा राज्यले समेत पछाडि पारिरहेकोले दृष्टिबिहिनको अधिकार प्रत्याभुती गराउन लागी पर्ने बताउनुभयो । २०६८ सालको जनगणनाको तथ्याङ्कले नेपालमा ९५ हजार जना दृष्टिबिहीन रहेको तथ्याङ्क सार्वजनिक गरे पनि नेपालमा करिब दुई लाख दृष्टिबिहीन रहेको बताउदै अध्यष पोख्रेलले पछिल्लो समय विकसित प्रविधि दृष्टिबिहीन मैत्री नभएको र राज्यले दृष्टिबिहिनलाई हेला गरेको बताउनुभयो । वाहाले दृष्टि बिहिन पनि राज्यकै नागरीक भएता पनि दृष्टिबिहिन प्रति राज्य उदाशिन रहेको गुनासो गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!