हेटौंडामा भगवान राधाकृष्णको भब्य रथयात्रा निकालिने

Posted on: 01 Sep, 2018

भाद्र १६, मकवानपुर | भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भोली भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइदै  छ । पर्वको अवसरमा भोलि हेटौडामा भगवान राधाकृष्णको भब्य रथयात्रा निकालिने भएको  छ । भुटनदेवी मन्दिर ब्यवस्थापन समितीको अयोजना र हेटौडा १० नंम्वर वडाका टोल विकास संस्थाहरुको सकृयतामा रथ यात्रा निकालिने भएको हो । दिउसो १ बजे रथा निकाल्ने र ४ बजे सम्म बजारका विभिन्न स्थानमा परिक्रामा गराउदै दर्शनाथीलाई रथा झुलाउने अवसर प्रदान गरिने कार्यक्रम रहेको समितीका अध्यक्ष राममान श्रेष्ठले बताउनु भयो । रात्रीको समयमा कृष्ण जन्मिने विस्वास रहेपनि विभिन्न अनैतिक गतिविधी हुनसक्ने भन्दै रात्रीकालीन कार्यक्रम नरहेको र रथयात्राको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।  

भगवान् श्रीकृष्णको जन्म भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । राक्षस कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंसले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीको कोखबाट श्रीकृष्णको जन्म भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!