मकवानपुरमा आगलागीबाट एक महिलाको मृत्यु

Posted on: 16 Jan, 2019

माघ १, हेटौंडा । मकवानपुरमा आगलागीबाट एक महिलाको मृत्यु भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका– ९ तल्लो धियालमा ८६ बर्षकी साहिलीमाया थिङको आगलागीबाट मृत्यु भएको हो । घरमा एक्लै रहेकी उनको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कर्यालय मकवानपुरले जनाएको छ ।

आगो लाग्दा खरले छाएको कच्ची घर पूर्ण रुपले ध्वस्त भएको छ । साहिली मायाको श्रीमान दावा केही कामले बाहिर गएको समयमा आगलागी भएको बताइएको छ ।

साहिलीका दुई छोरा काठमाडौं बस्दै आएका छन् भने ३ जना छोरीहरुको बिवाह भइसकेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!