मुगुमा दृष्टिविहिन बालबाललिकालाई न्यानो कपडा वितरण

Posted on: 10 Jan, 2020

दान बहादुर बुढा | पुस २५, मुगु | चिसोको मौषमलाई मध्य नजर गदै यहाँको एक विद्यालयमा अध्ययनरत दृष्टिविहिन बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं २ मा रहेको श्री नेपाल राष्टिय आधारभुत विद्यालय बालमन्दिर चैनमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १३ जना दृष्टिविहिन बालबालिकाहरुलाई बुधबार छायाँ नेपालको आर्थिक सहयोग र ग्रामिण युवा समाज विकास केन्द्र मुगुको सहजीकरणमा छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले न्यानो कपडा वितरण गर्नु भएको हो ।


हिमाली जिल्ला मुगुमा यो बर्ष मंसिर महिनाको २८ गतेबाटै हिउ पर्न शुरु गरेपछि दृष्टिविहिन बालबालिकाहरु चिसोमा कठाङ्गरिदै विद्यालयमा पढदै र बस्दै आएको देखेपछि न्यानो कपडाको लागी सहयोग गरिदिन छायाँनेपाल नामक राष्टिय गैर सरकारी सस्थालाई आग्रह गरे अनुसार न्यानो कपडा उपलब्ध भएको हिरिसडेक मुगुका अध्यक्ष मिन बहादुर रावलले बताउनु भयो ।


न्यानो कपडा अन्तरगत प्रत्यर्क बालबालिकालाई जकेट,टोपी,थर्मकोट,जुत्ता,मोजा,तन्ना र सिरकको खोल दिईएको छ । बालबालिकालाई चिसोमा सरसफाई गर्न सहज होस भनेर छायाँनेपाल कै सहयोगमा टावेल,सेनेटरी प्याड,सावुन मन्जन,ब्रस समेत वितरण गरिएको बताईएको छ । 

चिसोबाट बच्नका लागी न्यानो कपडाहरु पाएपछि दृष्टिविहिन बालबालिकाहरु खुसि भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!