आनीवानी परिवर्तनका लागी साम्रगी बितरण

Posted on: 29 Apr, 2017


बैशाख १६, मुगु । हिमाली ग्रामिण युवा समाज बिकास केन्द्रले आनीवानी परिवर्तनका लागी हाजिनिङ किट सरसफाईका साम्रगी बितरण गरेको छ । 

अधिकांस स्थानीय हात धोई नखाने र सरसफाईमा ध्यान नदिने हुदाँ सरसफाईकै कमिका कारण लाग्न सक्ने रोगको रोगथमका लागी सरसफाईका साम्रगी बितरण गरीएको हो । युनिसेफको आर्थिक सहयोग  तथा खानेपानी सरसफाई तथा स्वच्छता परियोजना अन्तरगत सरसफाई गर्ने बानीको बिकासका लागी जिल्लाको साविकका कार्काीवाडा गाबिसमा रहेका दलित बिपन्न बर्गहरु लाई सरसफाईका सामाग्री बितरण गरीएको हिमाली गा्रमिण युवा समाज बिकास केन्दका कार्यकम सयोजक गणेश रावलले बताउनुभयो । 

उहाँका अनुसार सरसफाई गर्ने बानीको बिकास र आनिबानी परिवर्तन का लागी ४ बटा नुहाउने साबुन, ४ लुगा धुने साबुन २ बटा ताबेल, लुगा सुकाउने डोरी निल कटर कोलकेट ब्रश लगायत महिनावारी भएका बेला प्रयोग गर्न सहज का लागी सेनेटरी प्याड लगायतका साम्रगी बितरण गरीएको रावलको भनाई छ ।  

साम्रगी बितरणका क्रममा जिल्लाको साबिकको कार्काीबाडा गाबिसका १ देखि ६ सम्मकम ८ सय भन्दा बढी घरपरिवार लाई बितरण गरीएको छ भने यस लगतै चुनाव पछी  साविकको पिना गा बि सका दलित बिपन्न बर्ग सरसफाईका सामाग्री बितरण गरीने हिमाली ग्रामिण युवा समाज बिकास केन्द्रे  हिरिष्डेकले जनाएको छ  । 

यता सरसरफाईको साम्रगी पाएसंगै  साम्रगी बितरण गर्ने संस्था लाई धन्यवाद दिदै हात नधोई खाने बानीको अन्त्य हुने साविको कार्काीवाडा गाबिस स्थानीयले बताएका छन । यसअघि सरसफाईका निम्ती सा बिका कार्काीवाडा र पिना गाबिसमा हिरेष्डेकले बाल्टीन समेत बितरण गरेको छ । -नन्द बहादुर रोकायाको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!