कर्णाली प्रदेश रेडक्रसको संयोजकमा मुगुका मल्ल निर्विरोध चयन

Posted on: 27 Sep, 2018

नन्द बहादुर रोकाया | असोज ११, मुगु | नेपाल रेडक्रस सोसाईटी शाखाकार्यलय मुगका सभापती एवम केन्दीय सदस्य तिलक बहादुर मल्ल नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशको संयोजकमा निविरोध चयन हुनु भएको छ । 

विगत २५ बर्षदेखि सामाजिक क्षेत्रमा योगदान गदै आउनुभएका मल्ल नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशको संयोजकमा निविरोध चयन हुनु भएको हो । मल्लको संयोजकत्वमा १५ सदस्यीय नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश तर्दश समिति समेत चयन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी को विधान २०२० ( सत्रौ संसोधन २०७४)को २७.१ अनुासार मल्ल लाई कर्णाली प्रदेशको संयोजकमा चयन गरीएको नेपाल रेडक्रस सोसाईटी तर्दश समितिले जनाएको छ । 

सदस्यमा कर्णाली प्रदेशका १० वटै जिल्लाका पदधिकारी समेटिएका छन । संयोजक मल्ल नेपाल रेडक्रसमा आवद्ध हुदाँ शुरुमा सदस्यबाट शुरुवाती गर्नुभएको थियो । पछी समाजमा उल्लेखिय र उदारणिय काम गदै समाज रुपान्तरणमा अनवरत रुपमा लागी सबैको मन मुटुमा बस्न सफल मल्ललाई पछील्लो समय कर्णाली प्रदेशकै एक सफल सामजिक अभियान्ताका रुपमा चित्रण समेत गरीन्छ ।

संयोजक मल्लले मुगु जिल्लाको सामाजिक बिकासमा समेत ठुलो योगदानपुर्याउनु भएको छ । समाज लाई सुसुचित बनाउन रेडियोको स्थापाना देखि सहकारीकारुपमा पहिलो सहकारी चंखेली तथा रेडपाण्ड सहकारीको स्थापाना, नेत्र ज्योति संघको स्थापाना समेत गर्नु भएको छ । मल्लले रेडक्रसको,मन्त्री हुदै जिल्ला रेडक्रस सभापतीमा चार बर्ष ,केन्द्रीय सदस्यमा दुई बर्ष सम्म सेवा समेत गर्नु भएको छ । 

समाजमा उदारणिय कामगरेको आधारमा मल्लले दैविक प्रकोप उद्धार राष्ट्रिय पुस्कार ,मावन सेवा पदक लगायत बिभिन्न कदर पदक समेत प्राप्त गुर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!