गाँजा तस्कर र प्रहरीबीच फायरिङ

Posted on: 29 Mar, 2017

चैत १६, हेटौंडा । मनहरीमा मंगलबार गाँजा तस्कर र प्रहरी बीच फायरिङ भएको छ । 

पर्सा बन्यजन्तु आरक्षण हुँदै भारततर्फ गाँजा लगिरहेका तस्करलाई पछ्याउन खोज्दा उनीहरु फायरिङ गरेर भागेको प्रहरीले जनाएको छ । केही भरिया भने पक्राउ परेका छन् । 

जवाफी फायरिङ गरेपछि उनीहरु गाँजा र चरेशका बोरा छाडेर भागेका छन् । मनहरी ६ नयाँबस्तीमा फायरिङ भएको हो । तस्करहरुले ५-६ राउन्ड फायर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले ५ सय ६४ केजी गाँजा र ४५ केजी चरेश बरामद गरेको छ । -कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!