अब नेपाल टेलिकमको डाटाबाट साढे ५ सय वेबसाइट चलाउँदा पैसा लाग्दैन

Posted on: 26 Apr, 2017

बैशाख १३, काठमाडौं | नेपाल टेलिकमले नेपाल सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनका साढे पाँच सयवटा वेबसाइट जीएसएम मोबाइल सेबाबाट निःशुल्क उपलब्ध गराएको छ ।

यी वेबसाइटहरू कम्पनीको जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्र रूपमा ब्राउज गर्नसमेत सकिन जारी विज्ञप्तिमा छ । यसैगरी कम्पनीले विभिन्न सेवाहरूलाई एउटै सिस्टमभित्र ल्याउने परियोजना अन्तर्गत वैशाख १० देखि एफटीटीएच र एडीएसएल सेवाको बिलिङ कन्भर्जेन्ट रियल टाइम प्रणालीबाट सुरु गरको छ ।

नेपाल टेलिकमले अन्डरग्राउन्ड अप्टिकल केबुल, एडीएसएस फाइबर र नेपाल विद्युत् प्राधिकरणबाट भाडामा लिई सञ्चालनमा रहेको अप्टिकल ग्राउन्ड वायरसमेत गरी हाल कम्पनीको अप्टिकल फाइबर सञ्चालनमा ५५ जिल्ला समेटिएको जारी विज्ञप्तिमा छ ।

कम्पनीका अनुसार उक्त सञ्जाल थप विस्तारका लागि पहाडी जिल्लाका एक्सचेन्ज, बीटीएस, रिपिटरहरूलाई समेत समेट्ने गरी कम्पनीद्वारा नयाँ एडीएसएस फाइबर आयोजनाको कार्य बताइको छ । यस आयोजनाको उद्देश्य कुल एक हजार किमिको मार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने रहेको छ । कम्पनीले वैशाख पहिलो साताबाट मुगुको रारा ताल क्षेत्रमा थ्रीजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ । - कान्तिपुर  

यो पनि पढ्नुहोस -  ४४ म्यानपावरको काम-काज रोक्का  (कुन -कुन म्यानपावर परे ?)

यस बिषयमा तपाइको प्रतिक्रिया...!