२२ तह छाडेर जेठ ३१ मा निर्वाचन हुने, बाँकी निर्वाचन तेस्रो चरणमा

Posted on: 26 May, 2017

जेठ १२, काठमाडौं । सरकारले थप गरेका २२ स्थानीय तहमा निर्वाचन गर्न नसक्ने निर्णय निर्वाचन आयोगले गरेको छ । ३१ जेठका लागि हुने ४६१ स्थानीय तहको निर्वाचनमा आयोगले पूर्ण तयारी गरेकाले थप तहमा तत्काल निर्वाचन सम्भव नभएको आयोगले बिहीबार सरकारलाई जानकारी गराएको छ ।

आयोगले मतदाता नामावली संकलन, मतदान केन्द्र तय गर्ने समस्या हुने बताएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार १५ र १६ जेठमा निर्वाचन अधिकृतको कार्यालय खोलिसक्नु पर्ने कार्यसूची छ । निर्वाचन अधिकृतको कार्यालय खोल्नुअघिसम्म सबै मतदाताको नामावली आवश्यक पर्ने शर्माको भनाइ छ । अहिले थपिएका २२ स्थानीय तहको वडाको सीमानाबारे नै प्रष्ट नभएकाले झनै समस्या भएको छ ।

निर्वाचन आयोगले थपिएका २२ स्थानीय तहमा ३१ जेठमा निर्वाचन गर्न नसक्ने बताएपछि ती तहमा तेस्रो चरणमा निर्वाचन गर्नुपर्ने भएको छ । निर्वाचन मिति भने सरकारले तोक्नेछ । - नयाँ पत्रिका 

यस बिषयमा तपाइको प्रतिक्रिया...!