माओवादी केन्द्रसँग एकता गर्न नयाँ शक्तिभित्र दबाब

Posted on: 26 Jul, 2017

साउन ११, काठमाडौं । नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पक्षमा देखिएका छन् । 

सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारी र समितिको बैठकमा माओवादी पृष्ठभूमिका अधिकांश नेताहरु पुनः माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा उभिएका हुन् ।

संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया भाँडिएपछि माओवादी केन्द्रसँग एकता गर्न चाहने पक्ष बलियो बनेको छ ।

तत्काल कार्यगत एकता 

संयोजक बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने उल्लेख छ । माओवादी केन्द्रले पनि राजनीतिक अस्थिरता भएको भन्दै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि आन्दोलनसमेत गर्न तयार रहेको बताउँदै आएको छ । दुई पार्टीबीच एकता नभए पनि कार्यकारी प्रमुखको मुद्दाले कार्यगत एकता हुन सक्ने नयाँ शक्तिका एक नेता बताउँछन् ।

माओवादीबाट आएका नेताहरुले बैठकमा पुनः माओवादीमै फर्किनुपर्ने आशयको धारणा राखेको नेता देवेन्द्र पौडेलले जाकनरी दिए । उनका अनुसार माओवादीसँग तत्काल एकता नभई कार्यगत एकता गरेर जान सकिन्छ ।

केशव दाहाल, डम्बर खतिवडालगायतले नयाँ शक्तिलाई नामजस्तै नयाँ बनाउनेपर्ने धारणा राखेका थिए । पुरानो पार्टीसँग भन्दा नयाँ पार्टीसँग एकता गरेर जानुपर्ने धारणा उनीहरुलेको छ । कतिपय नेताहरुले भने एक वर्षमा राम्रो उपलब्धि हासिल गरेको बताउँदै संगठन थप सुदृढ गर्दै लानुपर्नेमा जोड दिएको पौडेलले जानकारी दिए ।

बैठकमा ९९ जना समिति सदस्य र आमन्त्रित ५७ जना सहभागी थिए । अधिकांश नेताले माओवादी केन्द्रसँग एकता गरेर जान दबाब दिएका छन् । -नयाँ पत्रिका दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!