सात लाख भूकम्पपीडितको दशैं यो वर्ष पनि टहरामै

Posted on: 22 Sep, 2017


असोज ६, काठमाडौं । २०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्पपीडितको दशैं योपटक पनि टहरामै बित्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दराज पोखरेलले दशैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने घोषणा गरेका थिए । बिहीबार घटस्थापनासँगै बडादसैं सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन् ।

प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ । लाभग्राही सूचीमा परेकामध्ये सात लाखभन्दा बढी पीडितको यसपटकको दशैं टहरामै बित्ने यो तथ्यांके पुष्टि गरेको छ । 

प्राधिकरणको लाभग्राहीको सूचीमा सात लाख ६५ हजार ६ सय ९८ घरधुरी सूचीकृत छन् । -नागरिक दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!