द्वन्दग्रस्त सिरियामा रहेका नेपाली महिला फर्कन मानेनन्, यस्तो छ कारण

Posted on: 19 Apr, 2018

वैशाख ६, काठमाडौं | हिंसात्मक द्वन्दमा फसको सिरियामा रेहेका नेपाली महिला घरेलु कामदार (हाउससमेड) ले स्वदेश फर्कन अनिच्छा देखाएका छन् ।

सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार खोजी क्रममा  सम्पर्कमा आएका उनीहरुले तत्काल स्वदेश फर्कन नचाहेका हुन् । 

सिरियाली द्वन्द हिंसात्मक बन्न थालेपछि परिवारजनको अनुरोधमा उनीहरको उद्धार गर्न कन्सुलर विभागले इजिप्टस्थित नेपाली दूतावासलाई २० जनाको विवरणसहित नामावली पठाएको थियो । 

दूतावासका प्रवक्ता सुजन बिडारीका अनुसार उद्धार गर्न भनिएका महिलालाई सम्पर्क गरेपनि उनीहरुले आफूलाई समस्या नभएको भन्दै फर्किन मन गरेका छैनन् । उनीहरु आफ्नो काममा खुसी देखिएको कुरा आजको कान्तिपुरले पृष्ठ ३ मा समाचार छापेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!