नगरपालिका कार्यालयमै मेयरले हेर्छन शिक्षकको हाजिरी

Posted on: 22 Sep, 2018

असोज ६, खोटाङ | भदौ १ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित भए । 

नगरपालिकाबाटै निगरनी हुने गरी जडान गरिएको ई हाजीरीका माध्यमबाट विद्यालयमा एकैसाथ तीन शिक्षक अनुपस्थित देखिएपछि मेयर दिपनारायण रिजलले तत्काल फोन गरेर शिक्षकको अनुपस्थितिबारे सोधखोज गरे । 

तर विद्यालयका प्रधानाध्यापकबाट कोही पनि शिक्षक बिदामा नबसेको जवाफ आयो । मेयर रिजालले नामै उल्लेख गरेर तीन शिक्षक अनुपस्थित रहेको देखिएको बताएपछि भने ती शिक्षक विद्यालयमा नआएको पुष्टि भयो । 

विद्यालयलयमा शिक्षकको उपस्थितिलाई नियमित गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपलिकाले अनलइनमार्फत शिक्षकको ई हाजीरी ट्रयाकिङ सुरु गरेपछि विद्यालय अए नआएको थाहा पाउन सहज भएको छ । 

- आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!