दोब्बर सस्तो टिकट पनि बेच्न नसकेपछि काठमाडौं–ओसाका ३ उडान रद्द

Posted on: 05 Sep, 2019

भदौ १९, काठमाडौँ | नेपाल वायुसेवा निगमको वाणिज्य विभागले काठमाडौं–ओसाका–काठमाडौं रुटमा झन्डै दोब्बर सस्तो टिकट पनि बेच्न नसकेपछि वाइडबडीका लागि तोकिएका जापानका चारवटा उडान रद्द गरिएका छन्। 

निगम प्रवक्ता गणेश चन्दका अनुसार भदौ १९ र २६ र असोज २ का तीनवटा दुईतर्फी उडान रद्द गरिएको हो ।‘कमजोर लोड भएका कारण सातामा तीन दिन हुने उडान दुई दिनमा झारिएको छ,’ उनले भने, ‘दसैंको सिजन सुरु भएपछि सातामा तीन दिन नै उडान हुनेछ ।

निगमले उडान रद्द गरेको कारणसहित जापानस्थित सिभिल एभियसन ब्युरो(जेक्याब’लाई इमेल पठाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!