भाले बासेका कारण ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने नै कारबाहीमा

Posted on: 07 Sep, 2019

भदौ २१, एजेन्सी | बिहानै भाले बासेका कारण छिमेकीहरूलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छन् |

 फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुद्दा दायर गरेकी थिइन् | त्यसका साथै उनले भाले हटाउनसमेत अदालतमा माग गरेकी थिइन् |

मुद्दाको सुनुवाइ गर्दै अदालतले भाले बिहानै बास्न पाउने फैसलासमेत गरेको छ | आदालतले अनाहकमा बुसेलाई अदालत जानु परेकोले क्षतिपूर्तिबापत् उजुरीकर्तालाई नै एक हजार युरो तिर्न आदेश दिएको हो |यो समाचार कान्तिपुर दैनिकमा छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!