संविधान दिवसको भव्य समारोह (फोटो फिचर)

Posted on: 20 Sep, 2019

असोज ३, काठमाडौँ | नेपालको पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज मूल समारोह आयोजना  भएको छ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री सहित राजनीतिक नेता तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको छ । 

उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गरेका छन् ।  उनले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताएका छन् । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहोर्याए । 


उनले भने 'हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ । जो अझै बाटो भुलिरहेका छन्, उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ ।' 

प्रधानमन्त्री ओलीले सम्बोधनमा आफ्नो कार्यकालको हालसम्मको अवधिमा भएका आर्थिक विकास र उपलब्धिका बारेमा पनि विस्तृतमा उल्लेख गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । 

यसैगरी विकास निर्माण र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो । समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो । 

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा कर्णाली प्रदेशको मयुर नाच प्रस्तुत गर्दै । तस्वीरः नवीन पौडेल

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा मार्चपास गर्दै  । तस्वीरः नवीन पौडेल

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा मार्चपास गर्दै  । तस्वीरः नवीन पौडेल

राष्ट्रिय झण्डासहित सहभागी महिला । तस्वीर: नवीन पौडेल


पञ्चेबाजा बजाउँदै महिला समूह । तस्वीरः नवीन पौडेल

झाँकी प्रस्तुत गरिँदै । तस्वीरः नवीन पौडेल

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा झाँकी प्रस्तुत गरिँदै । तस्वीरः नवीन पौडेल

पुष्पवृष्टि गर्दै नेपाली सेनाको हेलिकोप्टर ।  तस्वीरः नवीन पौडेल

‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६’ लेखिएको व्यानर अङ्कित झण्डा प्रदर्शन गर्दै नेपाली सेनाको हेलिकोप्टर ।  तस्वीर: नवीन पौडेल

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गर्दै । तस्वीरः नवीन पौडेल

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत । तस्वीर: नवीन पौडेल | तश्वीर: रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!